नेकपा एमालेको कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेपछि हर्षित हुँदै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना अन्त्य भएको दाबी गरेका छन्।
आइतबार निरन्तर १२ घण्टाको छलफलपछि एमाले कार्यदलबीच १० बुँदे सहमति भएको हो।
यस्तै प्रतिनिधि सभा विघटन र राष्ट्रपतिले देउवलाई प्रधानमन्त्रीमा नियुक्ति नदिएको विरुद्ध परेको मुद्दाको फैसला सर्वाेच्च अदाललते आज असार २८ गते सुनाउने सम्भावना छ।
यहीबीच एमालेभित्र भएको सहमतिसँगै अब अदालतले प्रतिनिधि सभा पुनः स्थापना र देउवलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश जारी नगर्ने दाबी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन्।
हेर्नुहोस्, प्रेस सल्लाहकार थापाको फेसबुक स्टाटस :
Shares
प्रतिक्रिया