ad ad

राजनीति


के छ माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको उजुरीमा? (पूर्णपाठ)

के छ माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको उजुरीमा? (पूर्णपाठ)

नेपालखबर
असार २३, २०७८ बुधबार १५:५८,

एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन्।

बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरुले निवेदन दिएका हुन्। 

उनीहरुले दिएको उजुरी आयोगले दर्ता समेत गरेको छ। 

उजुरीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दलीय हैसियत नेपालको संविधान एवं संघीय कानुनबमोजिम समाप्त भइसकेको भन्दै ध्यानाकर्षण गराइएको छ। 

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १३ (१) मा संघीय कानुनबमोजिम आयोगलाई बुझाउनुपर्ने अन्य विवरण वा प्रतिवेदन नबुझाएमा वा संविधान वा संघीय कानुनबमोजिम दल दर्ता हुन पूरा गर्नुपर्ने शर्त पूरा नगरेमा त्यस्तो दलको दर्ता कायम रहनेछैन भनिएको छ’, उजुरीमा भनिएको छ, ‘मैले २०७८ असार ४ गते मेरो प्रतिलिपिको निवेदनमार्फत पाएको कागजात विश्लेषण गर्दा माओवादी केन्द्रको हैसियत समाप्त भइसकेको छ।’

उजुरीबारे आयोग अब प्रक्रियामा जाने बताएको उजुरीकर्ता थापाले नेपालखबरलाई जानकारी दिए।

माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन्। उनीहरु केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए।

माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजी माग गर्दै बुधबार आयोगमा निवेदन दिएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका उनीहरु सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई अलग अलग गरेपछि एमाले प्रवेश गरेका थिए।

यस्तो छ उजुरी (पूर्णपाठ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .