राजनीति


नेपाली नेताहरु आज सी चिनफिङसँगको भर्चुअल सम्मेलनमा सहभागी हुँदै

नेपाली नेताहरु आज सी चिनफिङसँगको भर्चुअल सम्मेलनमा सहभागी हुँदै

नेपालखबर
असार २२, २०७८ मंगलबार १४:२५,

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले विश्वका विभिन्न पार्टीका नेताहरुसँग गर्ने सम्मेलनमा नेपालका प्रमुख दलका शीर्ष नेताहरु आज ५ बजे सहभागी हुने भएका छन्।

आज हुने भर्चुअल कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई  र उपेन्द्र यादव, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरालगायत सहभागी हुनेछन्। 

मंगलबार हुने कार्यक्रममा भारतबाहेकका दक्षिण एसियाका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गरिएको छ।

सो कार्यक्रममा १ सय ६० भन्दा बढी देशका राजनीतिक दल तथा संगठनका ५ सय नेताहरु र राजनीतिक दलका करिब १० हजार प्रतिनिधिको सहभागिता रहने चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले सिन्ह्वालाई बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad