ad ad

राजनीति


मधेशका लोकप्रिय नेता थिए महादेव यादव

मधेशका लोकप्रिय नेता थिए महादेव यादव

शैलेन्द्र महतो
असार २२, २०७८ मंगलबार ७:४६,

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको क्यान्सर रोगबाट निधन भएको छ । तीनवर्षदेखि क्यान्सरबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा गएराति निधन भएको हो। 

गएराति १० बजे जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित आफ्नै घरमा यादवको मृत्यु भएको उनका भतिज श्याम यादवले नेपालखबरलाई जानकारी दिए।

भतिज श्यामका अनुसार बाबासिर क्यान्सरबाट पीडित नेता यादवको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। समस्या समाधान नभएपछि पछिल्लो समय चितवन क्यान्सर अस्पतालका डाक्टरको सल्लाहमा घरमै राखेर औषधि उपचार गरिएको थियो। 

उनको आजै सम्मानपूर्वक जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले जानकारी दिए। अन्त्येष्टि तथा श्रद्धाञ्जलि कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवसहितका शीर्ष नेताहरु सहभागि हुने कार्यक्रम छ। 
 
साविक धनुषाको सहीद नगरनगरपालिका १ बालाबाखर घर भएका नेता यादव तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सुरुदेखि नै सहभागि भएका थिए। उनले महोत्तरी, धनुषा र सिरहाको कमाण्ड भएर पनि काम गरेका थिए। 

जेटिएको स्थायी जागिर छोडेर नेता यादव कम्युनिष्ट राजनीतिमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका यादव यस क्षेत्रका तत्कालिन नेता रामवृक्ष यादवको प्रभावमा तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएका थिए। 

पछि उनलाई पार्टीले महोत्तरी, धनुषासको कमाण्डरको जिम्मा दिएको थियो। नेता यादव नेकपा माओवादीबाट संविधानसभाको २०६४ को पहिलो निर्वाचन धनुषाको क्षेत्र नं. ५ बाट निर्वाचन लडेका थिए। 

सोहि क्षेत्रबाट विजयी भएका डा.रामवरण यादव राष्ट्रपति भएपछि उप निर्वाचनमा पुनः उनी चुनाव लडेका थिए। त्यतिबेला पनि उनले जित्न सकेनन्। उप निर्वाचनमा नेकपा (एमाले) बाट रघुवीर महासेठ निर्वाचित भएका थिए। 

पछिल्लो समय नेकपा माओवादी विभाजन हुँदा नेता यादव वैद्य पक्षमा लागेका थिए। पछि बादलसँग उनी प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा पुनः सक्रिय भएका थिए। हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। 

उनी धनुषामा लोकप्रिय एवं इमान्दार नेताको रुपमा परिचित छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .