राजनीति


ओलीको कदमप्रति गोकुल बाँस्कोटाको असन्तुष्टि!

ओलीको कदमप्रति गोकुल बाँस्कोटाको असन्तुष्टि!

नेपालखबर
असार २०, २०७८ आइतबार २२:४,

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनमा सामेल वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन भइरहेको प्रयासप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनयता वरिष्ठ नेता नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै सर्वाेच्च अदालतमा हालिएको रिट निवेदनबाट एमाले सांसदका हस्ताक्षर फिर्ता गर्न अनुरोध गरिरहेका छन्।

तर नेता नेपालले अदालती प्रक्रियामा गइसकेकाले कुनै हालतमा हस्ताक्षर फिर्ता नहुने अडान लिइरहेका छन्। 

यसै सन्दर्भमा ओलीका प्रिय पात्र पूर्वसञ्चारमन्त्री बाँस्कोटाले खेलको प्रसंग जोड्दै असन्तोष प्रकट गरेका हुन्। 

‘मेस्सीको फ्रि किक गज्जब लाग्यो,’ बाँस्कोटाले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यता त मैदान छोडेर भाग्या खलाडीको पछि लागेर ल्याङल्याङ भो।’

यो पनिः 

घनश्याम भुसाल लिएर ओली पक्षका नेताहरू बिहानै नेपाल निवास पुगे र हस्ताक्षर फिर्ता लिन अनुरोध गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .