राजनीति


घनश्याम भुसाल लिएर ओली पक्षका नेताहरू बिहानै नेपाल निवास पुगे र हस्ताक्षर फिर्ता लिन अनुरोध गरे

घनश्याम भुसाल लिएर ओली पक्षका नेताहरू बिहानै नेपाल निवास पुगे र हस्ताक्षर फिर्ता लिन अनुरोध गरे

नेपालखबर
असार २०, २०७८ आइतबार १०:५९,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छन्। 

तर वरिष्ठ नेता नेपालले अदातली प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ दिएका छन्। 

नेता नेपाल भेट्न ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल आइतबार बिहान नेपालको निवास (कोटेश्वर) पुगेका थिए। उनीहरूका साथमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागी थिए।

‘हामीले हस्ताक्षर फिर्ता लिए पार्टी एकताको वातावरण बन्छ भनेका थियौं, तर उहाँले अस्वीकार गर्नुभयो,’ छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘अस्तित्वमै नरहेको कार्यदल अघि बढाउनुपर्छ भन्ने उहाँको भनाइ छ, हस्ताक्षर नै फिर्ता नभए त खोइ सहमति पनि कसरी होला र!’

नेपाली कांग्रेसका सभापति देउवाले एमालेको माधव नेपाल पक्षका समेत बहुमत १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी पेस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफ्ना पक्षमा रहेको भन्दै संसदीय दलको पत्र देखाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी खारेज गरिन् भने प्रधानमन्त्रीको सिफारिसमा गत जेठ ७ गते मध्यराति संसदै विघटन गरिन्।

यसविरुद्ध देउवासमेत १४६ सांसदले सर्वाेच्च अदालतमा रिट निवेदन हालेका छन्। जसमा संसद् पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग गरिएको छ। त्यस निवेदनमा माधव नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका छन्।  

अहिले उक्त मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा जारी छ। 

यी पनिः 

संसद् विघटन मुद्दा : सभामुख र सांसदका तर्फबाट आज यी वकिलले गर्दै छन् बहस

अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले रहँदैनन्ः ओली

सर्वोच्चको फैसला आएको भोलिपल्ट असाधारण निर्णय लिन्छौं : प्रधानमन्त्री ओली

निकट सांसदसँग नेपालको ब्रिफिङ : ओलीसँग मिल्नु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो

ओलीको अल्टिमेटम मान्दैनौं, हस्ताक्षर फिर्ता गर्दैनौंः नेपाल पक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .