राजनीति


माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन : उपमहासचिव पौडेल

माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन : उपमहासचिव पौडेल

नेपालखबर
असार २०, २०७८ आइतबार १५:४०,

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए। भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिए।

राष्ट्रियसभाको बैठक पछि संघीय संसद भवन नयाँवानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताए।

उनले भने, ‘माधव कमरेडकोमा गएका थियौं, म सुवास जी र शंकरजी भएर। उहाँसँग एकछिन कुराकानी भयो। हामीले के आग्रह गर्यौं भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ। हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्। तपाईंहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि। हामी पनि आपसमा विभिन्न साथीहरुँंग छलफलमा छौं। समाधान खोजेर अगाडि जाउँ। पार्टी अध्यक्ष र तपाईंकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौं। भनेर हामीले प्रस्ताव राख्याैं। उहाँले खासगरीकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुची प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन। ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad