कारोबार


५ अर्बमा झर्‍यो सेयर कारोबार, सूचक पनि ओर्लियो

५ अर्बमा झर्‍यो सेयर कारोबार, सूचक पनि ओर्लियो

नेपालखबर
असार २०, २०७८ आइतबार १५:२६,

सेयरबजारमा कारोबार रकम निरन्तर ओरालो लागिरहेको छ। 

दैनिक २० अर्बसम्म पुगेर कीर्तिमान गरेयता पछिल्लो समय लगातार कारोबार रकममा गिरावट आइरहेको छ। 

आज दिनभरिमा ५ अर्ब ५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो। 

साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक ८.४८ अंकले घटेको छ। 

आइतबारको कारोबारमा क वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३३ अंकले झरेको छ। 

आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भए। त्यसमा ६० हजार १ सय ७५ पटक कारोबार भयो। 

उक्त अवधिमा कम्पनीहरुको १ करोड ८ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

१३ उपसमूहमध्ये आज होटल र पर्यटन, अन्य, म्युचुअल फन्डबाहेक बाँकीको कारोबार सूचक पनि आज राताम्य भए। 

आज १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अन्य लगानीकर्ताको हातमा थोरै आम्दानी भएको छ। 

गुमाउने लगानीकर्ताले आज अघिल्लो कारोबारको तुलनामा अधिकतम ५.३८ प्रतिशत घाटा व्यहोरेका छन्। 

आज कम्पनीहरुको अधिकतम कारोबार पनि २१ करोडसम्म मात्रै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad