राजनीति


प्रधानन्यायाधीशको प्रश्न : बहुमत पुगेछ भनेर अदालतले निर्णय गरिदिनु संवैधानिक हुन्छ?

प्रधानन्यायाधीशको प्रश्न : बहुमत पुगेछ भनेर अदालतले निर्णय गरिदिनु संवैधानिक हुन्छ?

नेपालखबर
असार २०, २०७८ आइतबार १२:३५,

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका वकिललाई प्रधानमन्त्री नियुक्तिको लागि अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्। 

आइतबार सभामुखको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोख्रेललाई उनले यस्तो प्रश्न गरेका हुन्। 

‘१४६ सांसद अदालत आउनुभएको छ। अब बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्तिको विषयमा निर्णय गरिदिनु संवैधानिक हुन्छ?’, प्रधानन्यायाधीश राणाले सोधे, ‘७६(५) अनुसार त्यसो गर्न मिल्छ अदालतले?’

जवाफमा अधिवक्ता पोख्रेलले अदालतले नियुक्तिभन्दा पनि संवैधानिक व्याख्या गरिदिनुपर्ने बताए। 

त्यसअघि पोख्रेललाई प्रधानन्यायाधीश राणाले पहिले पनि संसद् विघटन बदर गर्दा पनि संसद (प्रतिनिधिसभा)ले सरकार दिन नसकेको भन्दै प्रश्न गरेका थिए। 

रिटका विपक्षी सभामुखका तर्फबाट बहसका लागि २ घण्टा समय तोकिएको छ। आइतबार नै टि ब्रेकपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सुरु गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .