ad ad

फोटो


सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण (फोटोफिचर)

सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण (फोटोफिचर)

नेपालखबर
असार १६, २०७६ सोमबार १२:२४,

भूकम्पीय आपतकालीन सडक आयोजनाअन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ।

जेठ १३ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीर कुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई हस्तान्तरण गरेका हुन्।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ जोरबुद्धबाट सुरु हुने २२ किलोमिटर लामो सडक थुलुङ दुधकोशी गाउँपालिका–७ बोगलसम्म पुग्छ । सडक ३४ करोड २ लाख ६९ हजारमा पुनर्निर्माण भएको हो।

सडकको पुनर्निर्माणबाट महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका भूकम्पीडित लाभग्राहीलाई घर पुननिर्माणका लागि निर्माण सामग्री लैजान सजिलो भएको छ। आयोजना हेर्ने बरिष्ठ इञ्जिनियर बुद्धिनारायण श्रेष्ठका अनुसार यी गाउँपालिकाका ३,९८८ क्षतिग्रस्त घरमध्ये २,९०७ वटाको पुनर्निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न यो सडकले ठूलो मद्दत गरेको छ।

जिल्ला समन्वय समितिका प्रमुख वीर कुमार राई सडक निर्माणपछि अन्य स्थानीय पूर्वाधार निर्माण गर्न सहज भएको, किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान सजिलो भएको तथा अन्य शाखा सडक निर्माण गर्न सकिएको बताउँछन्।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजनाले सडक ठूलो बजेटमा पुनर्निर्माण भएको, बारम्बार पुनर्निर्माणको अवसर नआउने भएकोले सडकको हेरविचार गर्न सम्बन्धित कार्यालय र स्थानीय तहका पदाधिकारी एवं उपभोक्तालाई आग्रह गरेकाे छ।

सडक निर्माण गरेको स्वछन्द–रौतहा जेभीले हस्तान्तरणको एक बर्षसम्म सडकमा निर्माणसम्बन्धी कुनै खराबी आएमा मर्मतसंभार गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .