मगर समुदायको बिषेश पर्वका रुपमा भुमे पर्वलाई लिइन्छ। हरेक वर्ष खामभाषी मगर समुदायले एक महिनासम्म यो पर्व मनाउँछन्।
मगर समुदायको मौलिक पहिचान वोकेको भूमे नाचका क्रममा कला, पहिचान र रहनसहन झल्कने प्रस्तुतिहरु प्रदर्शन हुन्छन्। नाचमा महिलाहरुले गुन्नी, चोली, पटुका, गादा, पछ्यौरी,र पुराना खालका गरगहनाहरु लगाएर नाच्ने गर्दछन्। पुरुषहरुले चौवन्दी, पाखीको पटुका, फेटा, गादा, ढाँका टोपी लगाई कम्मरमा खुकुरी भिरेर नाच्छन्।
हेरौं राजधानीमा मनाइएको भूमे पर्वका तस्बिरहरु:
प्रतिक्रिया