बृहत नागरिक आन्दोलनले आज कीर्तिपुरमा मार्च प्रदर्शन गरेको छ।
नागरिक स्वास्थ्य सेवाको अभावमा मरिरहेको समयमा सरकार निर्वाचन गराउन लागेको भन्दै विरोध जनाइएको हो।
निर्वाचनभन्दा पहिला महामारी नियन्त्रण ध्यान दिन समाजले सरकारसँग आग्रह समेत गरेको छ। कीर्तिपुरमा भएको विरोध कार्यक्रममा संगीत श्रोताको गीत ‘हामी कोही होइनौँ’ गाइएको थियो।
उक्त मार्चमा नागरिक अभियान सञ्चालन गर्दै आएका नारायण वाग्ले, युग पाठक, संगीत श्रोतालगायत सहभागी थिए। उनीहरुले ‘रोकिन्नौँ हामी चाहे बन्दुक या तोप दे, भोट नमाग ए सरकार हामीलाई खोप दे’, ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आश छ’ जस्ता प्लेकार्ड बोकेका थिए।
तस्बिरमा हेर्नुहोस् मार्चपास –
3
Shares
प्रतिक्रिया