आस्था एवं निष्ठाको महापर्व छठ आज शुक्रबार धुमधामका साथ मनाइएको छ । खासगरी तराई क्षेत्रमा निष्ठापूर्वक छठपर्व मनाइएको छ।
राजधानीमा बसोबास गर्ने तराईबासीले पनि यो पर्व हर्सोल्लासपूर्वक मनाएका छन् ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ। अस्ताउँदो सूर्यलाई अर्घ दिन राजधानीमा रहेका नदी, पोखरी, इनार लगायतको जलाशय किनारलाई बेहुली झैँ सिंगारिएको छ।
सजाइएको घाटमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिन बिहानैदेखि छठ पूजाको सामग्री राखि पूजा आराधना भइरहेको थियो।
आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुने छ। दिनानाथलाई चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा छठ नहुनेहरुलाई वितरण गर्ने प्रचलन रहेको छ।
3
Shares
प्रतिक्रिया