फोटोफिचर


जनसभाअघि काठमाडौँमा एमालेको र्‍याली (तस्बिरहरू)


सरोज शाही
मंसिर ६, २०८२ शनिबार १३:१७, काठमाडौँ

नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा गर्दै छ। प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो।  

एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुनेछ। एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीले र्‍याली निकालेका छन्। र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेक्रन सुरु भएको छ। 

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ। जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad