जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका केहीको मङ्गलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएका उनीहरूलाई श्रद्धाञ्जली दिन गृह र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ आर्यघाट पुगेका थिए।
श्रद्धाञ्जली दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्की पनि पुगेकी थिइन्।
अन्त्येष्टी कार्यक्रममा ज्यान गुमाउनेका आफन्त भावविह्वल बनेका थिए। अन्त्येष्टि चलिरहँदा वरपरको वातावरण निकै भावुक बनेको थियो।
२३ गते जेनजीले आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा व्यापक दमन भएपछि २४ गते देशैभर प्रदर्शन उर्लिएको थियो। उर्लिएको प्रदर्शनले धेरै सरकारी तथा निजी सम्पत्तिमा आगजनी गर्यो भने दलका नेताहरू सेनाको सुरक्षामा बस्न बाध्य भए।
यसै प्रर्दशनले केपी शर्मा ओली सरकार ढलेर हाल सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनेको छ।
यो अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गर्ने मुख्य जिम्मेवारी पाएको छ।
जेनजी प्रदर्शनका क्रममा २३ गते प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो। यो प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको ज्यान गएको तथ्यांक बाहिर आएको छ।

































Shares

प्रतिक्रिया