गौतम बुद्धको २५६९औँ जयन्ती आज देश तथा विदेशमासमेत विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको बिशेष कार्यक्रम भने आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरियो।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण(मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा मनाउने गरेका छन्।
गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्माणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिनको विशेष महत्व छ।
गौतम बुद्धलाई शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित छन्। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ। काठमाडौँ उपत्यकामा पनि आज बौद्ध धर्मावलम्बीहरुले बिहानैदेखि स्वयम्भू महाचैत्य, बौद्धस्थित बौद्ध स्तुपा लगायतका स्थानमा पूजा, आराधना गरे।


















Shares

प्रतिक्रिया