काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा ठूला दललाई हराउँदै वडाध्यक्ष पद जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) विजय जुलुस निकालेको छ।
पार्टीका उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाले विजय जुलुस निकोलेको हो।
काठमाडौँ वडा नम्बर १६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन्।
रोजिना २ हजार ९०२ मतसहित वडाध्यक्षमा निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत ल्याएका छन्।
त्यसैगरी कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४, नेकपा (एकीकृत समाजवादी) का मीन बहादुर मानन्धरले १ हजार ९२, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम कृष्ण श्रेष्ठले ७४२, स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्य ३३४ मत ल्याएका छन्।





















Shares

प्रतिक्रिया