ad ad

फोटोफिचर


पोखरा थन्डर्स र झापा एफसीले बाँडे अंक (तस्बिरहरू)


सरोज नेपाल
मंसिर १६, २०८० शनिबार २०:३८, काठमाडौँ

अन्तिम समयमा गोल गर्दै झापा एफसीले नेपाल सुपर लिगमा पहिलो अंक हासिल गरेको छ।

१–० ले पछि परेको अवस्थामा खेलको अन्तिम क्षणमा गोल गर्दै झापाले १० खेलाडीमा सीमित पोखरा थन्डर्स विरुद्ध एक अंक हासिल गर्न सफल भएको हो।
समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए। यसअघि पोखराका लागि मोसेस १–० ले पछि परेको अवस्थामा खेलको अन्तिम क्षणमा गोल गर्दै झापाले १० खेलाडीमा सीमित पोखरा थन्डर्स विरुद्ध एक अंक हासिल गर्न सफल भएको हो।

समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए। यसअघि पोखराका लागि मोसेस ग्याबाले गोल गरेका थिए।

पहिलो खेलमा हार बेहोरेको झापाले यस खेलमा पनि सोचेअनुरुप प्रदर्शन गर्न भने सकेन। पहिलो हाफमा धेरै मौका बनाएपनि खेलमा गोल गर्न नसकेपछि दोस्रो हाफमा भने झापाले स्पष्ट मौका बनाउन सकेन।

उता पोखराले खेलमा केही मौकाहरु पाएको थियो। खेलमा थोरै मौका बनाएपनि पोखराले महत्वपूर्ण गोल गर्न सफल भयो।

सातौं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस झापाका गोलरक्षक स्टेफन कुपिचले पन्च गरिदिए। आठौं मिनेटमा झापाका सुमित श्रेष्ठले फरवार्ड जोर्गे सान्चेजका लागि खेलेको थ्रु पास स्पेनिश स्ट्राइकर पुग्नु अघि पोखरा गोलरक्षक यभ्स प्रिसोले बचाए।

१०औं मिनेटमा झापाका फर्नान्डो टोरसले बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले सहजै समाते। ११औं मिनेटमा झापाले ठूलो मौका गुमायो। आवास लामिछानेको थ्रु पासमा प्रदीप लामाले राम्रो रन बनाएका थिए तर उनले प्रहार नगरी लक्ष्मण रूचालका लागि खेलेको क्रसमा लक्ष्मण प्रहार गर्न पुगेनन्।

१२औं मिनेटमा अन्जन विष्टको क्रसमा लक्ष्मणले नै बललाई पोस्टको बाहिर प्रहार गरें। प्रिसोले बल बाहिर जाने आँकलन गर्दै छोडिसकेका थिए टर लक्ष्मणले बललाई जालिमा प्रहार गर्न सकेनन्। १३औं मिनेटमा प्रदीप लामाको प्रहार प्रिसोले सहजै समाते।

झापाले मौका बनाइरहेको बेलामा पोखराले भने अर्को तिर अग्रता लियो। १९औं मिनेटमा जो आईडूको क्रसमा मोसेस ग्याबाले हेडर मार्फत गोल गर्दै अग्रता बनाएका हुन्।

२३औं मिनेटमा झापाका समान्दार ओचिलोभको फ्रिकीकले वाल कटाउन सकेन। २४औं मिनेटमा टोरेसको बक्स बाहिरबाट गरेको प्रहार सिधै प्रिसोको हातमा गयो। ३६औं मिनेटमा झापाका विशाल बस्नेतको क्रस् प्रिसोले फुत्काएपनि दिनेश राजवंशीले क्लियर गरे।

३८औं मिनेटमा झापाले पेनाल्टीमा अपील गरेको थियो। अन्जनको क्रसमा लक्ष्मण रूचालले लिएको प्रहार अन्जल महर्जनको हातमा लागेको थियो। तर रेफ्रीले पेनाल्टी दिन मानेनन् र केही आक्रोसित देखिएका लक्ष्मणले पहेँलो कार्ड पाए।

पहिलो हाफको अन्त्यतिर पोखरा अग्रता दोब्बर बनाउनबाट चुक्यो। प्रिसोले खेलेको लामो बल पन्च गर्न अगाडि आएका कुपिचले पन्च गरेको बल सिधै स्टेफन अन्नोरको खुट्टामा पुगेको थियो। उनले गरेको प्रहार पोस्टमा लागेर फर्कियो।

दोस्रो हाफमा भने धेरै मौकाहरु बनेनन् र खेलको गति केही कम हुँदै गयो। ४९औं मिनेटमा प्रदीप लामाको लामो दूरीको प्रहार पोस्टको माथिबाट बाहिरियो। ५६औं मिनेटमा प्रदीपको क्रसमा हेडर गर्ने क्रममा टाउको ठोकिएको अन्जन विष्ट मैदानमा ढलेका थिए। तर उनी पुनः मैदान प्रवेश गरे र केही समयपछि मैदान बाहिरिए।

६२औं मिनेटमा जोर्गे सान्चेजले धेरै टाढाबाट पोस्टको केही बाहिर आएका प्रिसोलाई चकित पार्न खोजेका थिए तर उनले पोस्टको बाहिर प्रहार गरे। ८१औं मिनेटमा सुमित श्रेष्ठको क्रस टाल्लाले क्लियर गरे।

८५औं मिनेटमा आवास लामिछानेको थ्रु(बलले सान्चेजलाई भेटाउन सकेन। ८९औं मिनेटमा पोखराका कमल बहादुर थापाले रातो कार्ड पाएपछि अन्तिम समयमा पोखराले १० खेलाडीले खेल्नु परेको थियो। र अन्तिम समयमा भने पोखराले गोल खान पुग्यो।

६ मिनेट थप गरिएको मा इन्जुरी समयको आठौं मिनेटमा ओचिलोभले गोल गर्दै खेलमा आफ्नो टोलीका लागि एक अंक जुटाए। आवास लामिछानेको क्रस प्रिसोले फुत्काएपछि उनले बललाई सहजै जालिमा हालेका थिए।

पोखरा जितपछि ३ खेलमा ५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ। झापाको भने यो पहिलो अंक हो। पहिलो खेलमा झापा इलाम विरुद्ध पराजित भएको थियो

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .