साफ यू १९ च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनल भिडन्तमा घरेलु टोली नेपाल भारतसँग खेलिरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा घरेलु टोली नेपाल १–० ले पछि परेको छ। पहिलो हाफमै भारतले १-० गोलको अग्रता बनाएको थियो।
पहिलो हाफमै नेपालले गोल गाएपछि दशरथ रंगशालामा पुगेका सयौँ नेपाली दर्शक निराश भएका छन्। अहिले उनीहरु नेपालको जितको कामनासहित खेलाडीहरुको हौसला बढाइरहेका छन्।
राष्ट्रिय झन्डासहित स्टेडियममा पुगेका नेपाली दर्शकहरु टोलीले केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा निराश भएका छन्।
भारतका लागि खेलको २६ औं मिनेटमा शाहिल खुर्सिद अग्रता बनाका थिए। नेपालका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै शाहिलले बललाई पोष्टको गति दिएका थिए।
यदि यो खेलमा नेपाललाई हराएमा भारतले उपाधिका लागि छिमेकी पाकिस्तानको सामना गर्नेछ। पाकिस्तान पहिलो पटक फाइनलमा पुगेको हो।
प्रतिक्रिया