ad ad

फोटोफिचर


नारायणचौरमा एमालेको संविधान उत्सव (तस्बिरहरू)


नेपालखबर
असोज ३, २०८० बुधबार १०:३१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले  आज असोज ३ गते (बुधबार) संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा विशेष कार्यक्रम गरेको छ।

बुधबार बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन्।

यसअघि नै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान गरेका थिए।

अध्यक्ष ओलीले असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेका थिए। त्यहीअनुसार एमालेका नेता कार्यकर्ता, सर्वसाधारण र विद्यार्थीसहित सयौँजना नारायण चौरमा भेला भएका थिए।

बुधबार बिहानैदेखि नारायण चौरमा राष्ट्रिय झन्डासँग सेल्फी खिचाउनेहरुको भिड लागेको थियो। नारायणचौर परिसरमा राष्ट्रिय झण्डासँगै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवसको शुभकामना दिए।

उनले अहिले राष्ट्रिय उपलब्धि समाप्त पार्ने खेल भइरहेको बताए। उनले विभाजनकारी तत्व र प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने र राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताए। ओली यसबाट सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन्।

दोस्रो संविध २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो। त्यही अवसरमा सरकाले पनि टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ।

तस्बिरहरू : राजन काफ्ले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .