फोटोफिचर


च्यासलमा एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)


सरोज बैजु
बैशाख २८, २०८० बिहिबार १४:११, काठमाडौँ

 


प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।

केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो। 

यो बैठकमा विभिन्न कमिटी र आयोगबाट १३ वटा प्रतिवेदन पेश हुनेछन्। छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन्।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

बैठकमा ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुँदैछन्।

मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा बनाइएका प्रदेश संयोजक प्रतिवेदन पेस गर्नेछन्।

त्यसबाहेक २ वटा प्रतिवेदन गैरभौगोलिक प्रदेश कमिटीका तर्फबाट पनि पेस हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले पनि छुट्टाछुट्टै प्रतिवेदनहरु पेस गर्ने कार्यसूची छ।

वैशाख ३० गतेसम्म हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad