प्रदेश १ को नाम ‘कोशी’ राखिएपछिको आन्दोलन काठमाडौंसम्म आइपुगेको छ।
विभिन्न जातीय संगठनहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनमा नागरिक अगुवाहरु पनि सहभागी भए।
प्रदर्शनमा सहभागीहरुले पहिचान लत्याउँदै एकजना ऋषिको नामबाट बनेको कोशी राखिएको गुनासो गरे।
उनीहरुले किरात र लिम्बुवानसहितको पहिचानलाई ठूला दलले भुलेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिए।
प्रदर्शनमा सहभागीहरुले कोशी नाम खारेज हुनुपर्नेमा जोड दिएका छन्। ऐतासिक पृष्ठभूमिका आधारमा नाम राखिनुपर्ने उनीहरुको माग छ।













294
Shares

प्रतिक्रिया