मिटरब्याजीपीडितहरुले ११ दिन लामो मार्चपासपछि काठमाडौं टेकेका छन्।
शनिबार राति मातातीर्थको पौवामा बास बसेका पीडितहरुले आइतवार राजधानी टेकेका हुन्।
मिटरब्याजीहरुबाट घरबार उजाडिएका उनीहरु कोही दूधे बालक च्यापेका थिए भने कोही लौरोको सहारमा थिए।
महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधानमा तीनै सरकारले चासो दिएनन्।
त्यहीकारण उनीहरु अब आफ्ना लागि न्यायको खोजीमा काठमाडौं छिरेका हुन्। सरकारले उनीहरूसँग वार्ता गर्ने भने पनि अझैसम्म पहल गरेको छैन।
अब उनीहरु मर्नुपरे काठमाडौंमा मर्न तयार भन्दै उपत्का छिरेका हुन्। नेपालखबरकर्मी शनिबार कुलेखानीसम्म पुगेर उनीहरुलाई पछ्याउँदा कोही थकित थिए त कोही बिरामी। कसैका खुट्ट पटपटी फुटेका थिए भने कसैका ओठ कलेटी परेका।
तर पनि उनीहरुले हिम्मत हारेका थिएनन्। निरन्तर ११ औँ दिनको यात्राबाट उनीहरु आइतवार काठमाडौं छिरिछाडे।
उनीहरुले उनीहरुले काठमाडौंलाई आन्दोलनको मोर्चा बनाउने छन्। साहुकारले घरबास उजाड बनाइदिएकाले उनीहरु अब काठमाडौंकै सडकमा सुत्ने प्रणसहित छिरेका हुन्।
यता पीडित किसानको समस्या समाधान गर्न गृह मन्त्रालयले कानुन बनाउन मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको दाबी गरेको छ।
सरकारले यसबीचमा तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको जनाएको छ।
प्रतिक्रिया