गत वैशाखमा भएको स्थानीय तह निर्वाचन परिणामपछि बालेन्द्र शाहको विजय जुलुसमै थिए सुमन सायमी।
तर उनै सुमन सायमी अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सडकमा उत्रिएका छन्।
निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाका बालेन्द्रको कदमविरुद्ध आइतवार दिउँसो २ बजे उनै सुमानको नेतृत्वमा प्रदर्शन भएको छ।
उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। समितिका संयोजक सायमीले बालेनलाई सचेत बनाउन दबाबस्वरुप प्रदर्शन गरिएको बताए।
सडक विस्तारका नाममा जथाभावी निजी जग्गामा डोजर चलाउने कदमविरुद्ध आफूहरु सडकमा निस्केको उनले बताए।
मेयर बालेनले निजी जग्गामा डोजर चलाउँदा स्थानीय मारमा परेको समितिले जनाएको छ। महानगरले यसअघि वडा नम्बर ३१ शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिनासूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाएको थियो।
संयोजक सायमी बालेनका चुनावी प्रतिस्प्रर्धी थिए। सायमीले चुनाव हारेपछि बालेनको विजय र्यालीमा सहभागी भएका थिए।
महानगरको काममा सघाउ पुर्याउने भन्दै बालेनसँग सायमीले सम्झौता गरेका थिए। तर बालेनले गतल काम गरेकाले आफू संघर्षमा उत्रनु परेको उनले बताए।
प्रतिक्रिया