ad ad

फोटोफिचर


बाढीको चोटले उठ्न नसकेको मेलम्ची (तस्बिरहरु)


केशव सावद
मंसिर २०, २०७९ मंगलबार १३:६, मेलम्ची, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र अझै फुङ्ग उडेको देखिन्छ। २०७८ असार १ गते आएको भीषण बाढीले थला परेको मेलम्ची अझै उठ्न सकेको छैन। 

भीषण बाढीका कारण कयौँ भौतिक संरचना र घरहरु ढलेका थिए। ती ढलेका घरहरु अझै पनि मेलम्चीको बगरमा अलपत्र छन्। 

त्यसबेला बाढीले २६ जनाको ज्यान गएको थियो।

बाढीपछि सिन्धुपाल्चोकलाई सरकारले तत्कालीन समयमा संकटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो। 

मेलम्चीको बाढीले भयावह क्षति गरेपछि बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भएको छैन।

बाढीले नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो। 

बाढीले त्यसबेला हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकामा गरी बाढीले ५५१ घर बगाएको थियो। 

पाँच हजार ४ सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, ९ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भएका थिए।

बाढीले अर्बौँ गुमाएको मेलम्चीको घाउमा अझै पनि सरकारले मल्हम लगाउन सकेको छैन। उठीबास लागेका स्थानीय उभिने प्रयासमा छन्। तर, अझै पनि बाढीको घाउले दुखाइरहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .