नाडा अटो एसोसिएसनको ४३ औं वार्षिक साधारण सभा शुक्रबार राजधानीकाे हाेटल साेल्टीमा सम्पन्न भएकाे छ। कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेवाङले गरे।
सो अवसरमा बोल्दै मन्त्री नेम्वाङले सवारी साधन विलासिताका नभई अत्यवाश्यक भएको बताए।
सरकारले अटो क्षेत्रलाई विलासिताका वस्तु परिभाषित गर्दै ३०० प्रतिशत सम्म कर लगाउँदै आएको छ। यसअघि व्यवसायीले सवारी साधन विलासिताका नभई अत्यावश्यक वस्तु बताउँदै आएका थिए। साधारण सभाले एसोसियसनका नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ अध्यक्षलाई शुभकामना दिदै मन्त्री नेवाङले अटो क्षेत्रलाई व्यवस्थीत बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
साधारणसभामा निवर्तमान अध्यक्ष शम्भु दाहालले व्यापार व्यवसाय मार्फत सर्वाधिक कर तिर्ने अटोक्षेत्र भएको बताएका छन्। उनले सरकारले अटो व्यवसाय फस्टाउनको लागि कर घटाउनुपर्ने, सवारी साधनको अवस्था छुट्टयउन फिटनेस सेन्टरको स्थापना गर्नुपर्ने धारणा राखे।
नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद दुलालले सडकको विस्तार विना अटो क्षेत्रको विकास हुन नसक्ने बताए। सरकारले भौतिक पूर्वधारमा विशेष जोड दिनुपर्ने बताए।





















प्रतिक्रिया