नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ गुणा ४०० मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईले स्वर्ण पदक हात पारेकी छिन्।
यसअघि उनले १ रजत पदक हात पारेकी थिइन्। बिहीबार भएको प्रतिस्पर्धामा उनले स्वर्ण जितेकी हुन्।
स्वर्ण जितेपछि भट्टराईले आफ्नी छोरीसँग पोखरा रंगशालामा खुसी साटेकी छिन्। काखे छोरी च्यापेर नवौँ खेलकुदमा सहभागी हुन पोखरा पुगेकी उनले स्वर्ण जितेपछिको खुसी मैदानमै साटेकी हुन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी जस्तै अन्य छोराछोरीका आमा पनि खेल्न पुगेका छन्।
भट्टराईले सातौं राष्ट्रिय खेलकुदमा एथलेटिक्सतर्फ १५ सय मिटरमा स्वर्ण पदक हात पारेकी थिइन्। त्यसअघि उनले रियो ओलम्पिकमा १५ सय मिटरको महिलतर्फको दौडमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय किर्तिमान कायम गरेकी थिइन्।
Shares
प्रतिक्रिया