ad ad

फोटोफिचर


रत्नपार्कको सब-वेमा चल्यो महानगरको डोजर (तस्बिरहरु)


सरोज बैजु
भदौ १२, २०७९ आइतबार १८:२६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले रत्नपार्कनजिकैको सब-वेसँगै बनेका अवैध संरचना डोजर लगाएर भत्काएको छ।

महानगरपालिकाको डोजरले सब-वे वरपर बनेका संरचना भत्काएसँगै त्यहाँ बसेका व्यापारीलाई पनि हटाइएको छ। महानगरले प्रयोगका लागि दिएका सातवटा सटरबाहेक सबै अवैध संरचना भत्काइएको हो।

महानगरपालिकाले सब-वेभित्र अवैध रुपमा व्यापार व्यावसाय गर्दै आएका व्यापारी हरुलाई आफैं हटेर जान भनेको थियो। 

यदि आइतवार साँझसम्म नहटेमा महानगरले नगर प्रहरी लगाएर त्यहाँबाट उनीहरुलाई निकाल्ने जनाएको थियो। अवैध संरचनाबाट व्यापारीहरुले सामान हटाएलगत्तै महानगरको डोजरले भत्काएको हो। 

महानगरको चेतावनीसँगै सब-वे अनधिकृत रुपमा कब्जा गरेर बसेका व्यापारीहरुले बेच्न राखिएका सामान कुम्लो पारेर हिँडिसकेका छन्। 

उनीहरुले त्यहाँ रेडिमेड कपडा, घडी, रेडियो, मोबाइल र किराना पसल पनि चलाएका थिए। ती सबै पसल त्यहाँबाट महानगरले हटाएको हो। 

तर व्यापारीहरुले आफूहरुलाई समय नै नदिइ सब-वेमा डोजर चलाइएको गुनासो गरेका छन्। उनीहरुले केही महिना समय दिएको भए अन्त विकल्प खोजेर जाने बताएका थिए।

तर महानगरले आइतवार अचानक आएर डोजर चलाउँदै तत्काल हटेर जान भनेपछि आफूहरु सडकमै झर्नुपर्ने बाध्यतामा पुगेको गुनासो उनीहरुले गरेका छन्। 

आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .