फोटोफिचर


काठमाडौं मल र आरबी कम्प्लेक्समा जब डोजर चल्यो (फोटो फिचर)


सरोज बैजु
भदौ ८, २०७९ बुधबार १४:०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान तीव्र पारेको छ।

दुई दिनअघि बानेश्वर प्लाजाबाट थालिएको अभियानलाई महानगरले बुधबार काठमाडौं मल, आरबी कम्प्लेक्स हुँदै दरबारमार्गसम्म पुर्‍याएको छ।

सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर बालेन शाह र उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआईजी मीरा चौधरी खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगे। 

त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन शाहले निर्देशन दिएका छन्। 

पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली गराउन भनेपछि महानगरको टोली आरबी कम्प्लेक्सकै अरु अवैध संरचना भत्कायो।

३५ दिने सूचनाको अटेर गरेपछि महानगरले आरबी कम्प्लेक्स परिसरमा अवैध संरचना खडा गरेर बनाइएका पसल तोडेको छ।

महानगरले डोजर चलाउने क्रममा पसल खोलेर व्यवसायीको भागाभाग भएको थियो। उनीहरु पसलका सामानहरु बोरामा हालेर थन्क्याउन व्यस्त थिए। 

महानगरको निर्देशनपछि आरबी कम्प्लेक्सको क्याफे पनि खाली गरिएको छ। महानगरको सूचनाको अटेरी गर्दा दुवै ठाउँका व्यवसायीहरु अहिले आएर अलपत्र परेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad