ad ad

फोटोफिचर


राणाकालीन भवन : टिठलाग्दा भग्नावशेष (फोटो फिचर)


नेपालखबर
साउन ७, २०७९ शनिबार ९:४१, काठमाडौँ

२०७२ वैशाख १२ गते ठूलो भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गरायो। ऐतिहासिक, पुरातात्विक सम्पदाहरू ध्वस्त भए। नौ हजारभन्दा बढी मानिसको मृत्यु भयो। भूकम्पपछि नेपालसामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो। रातारात घरबारविहीन बनेका कतिपय मानिसका त घर बने कतिपय अझै घरबारविहीन छन्। भूकम्पका कारण भत्किएका कतिपय सांस्कृतिक सम्पदा पुनर्निर्माण भए भने कतिपय अझै जीर्ण अवस्थामा छन्।

राजनीतिक खिचातानीका बीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवार अझै पालमुनि बस्न बाध्य छन्। 

सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन। भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ। यसबीच केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माण अघि बढ्न सकेको छैन। यतिबेलासम्म रानीपोखरी निर्माण
सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माण अन्तिम चरणमा छ। तर राजधानीमा नै रहेका कतिपय राणाकालीन ऐतिहासिक पुरातात्विक भवन अझै जीर्ण छन्।

कतिपय कार्यालय यस्तै जोखिमपूर्ण भवनमै छन्। २००७ सालअघि राणा परिवारको अधीनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रूपमा प्रयोगमा थिए। केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिए पनि धेरै भवन लथालिङ्ग अवस्थामा छाडिएको छ। यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो। जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इँटाको
धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पका रूपमा प्रयोग गरिएको थियो। 

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवनको फोटो फिचर बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .