१३ औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटन आइतबार दिउँसो ३ बजे हुँदैछ।
दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद प्रतियोगिताको उद्घाटन गर्नेछिन्।
खेल हुनभन्दा एक दिन अगाडि शनिबार साग प्रतियोगितामा समावेश भएका राष्ट्रको झण्त्तोलन गरिएको छ।
शनिबार विशेष कार्यक्रममा अयोजना गरी झण्डोत्तलन कार्यक्रम सम्पन्न भएको हो।
यस प्रतियोगितामा अफागानिस्तान बाहेकका टोली समावेश छन्।
बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अयोजक नेपालसहित ७ राष्ट्र यस प्रतियोगितामा समावेश छन्।
काठमाडौं, पोखरा र जनकपुरमा हुने १३ औं सागमा ३ सय १७ स्वर्ण, त्यतिनै रजत र ४ सय ८१ कास्य पदकका लागि स्पर्धा हुँदैछ।
मंसिर १५ देखि २४ सम्म खेल संचालन हुनेछ।
प्रतिक्रिया