नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार मध्यराति केन्द्रीय समिति र सोमबार सबेरै बिहान पदाधिकारीको सूची सार्वजनिक गरे।
राति बन्दसत्र हलमा छिरेर नाम आफैँ बाचन गरेका उनले हतार हतार हललाई अनुमोदन गर्न लगाए।
तर ओलीले सर्वसम्मतका नाममा गरेको उक्त प्रयास आफैंमा पनि लागु गराउन सकेनन्। उनीविरुद्ध उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिए।
वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध भए। तर सचिव र उपाध्यक्ष पदमा ओलीको सूचीभन्दा बाहिरबाट पनि उम्मेदवारी पर्यो।
केन्द्रीय सदस्यमा पनि ओली समूहबाटै बागी र अन्य महाधिवेशन प्रतिनिधिले उम्मेदवारी दिएपछि अहिले राति २ बजेदेखि मतदान हुने भएको छ।
उक्त मतदानका लागि निद्रा छल्दै राति २ बजेदेखि मतदानका लागि सौराहाको सेभेनस्टार होटल आसपास टहलिरहेका छन्।
कोही गफको सुरमा छन् त कोही चियाको चुस्की लगाउँदैछन्। यस्तोमा उम्मेदवारहरू भने धमाधम भोट मागिरहेका छन्
भीम रावल र लेखराज भट्टसहितका उम्मेदवारहरू भोटका लागि मतदातासमक्ष अपिल गरिरहेका छन्।
हेर्नुस् एमालेको चहलपहल
Shares
प्रतिक्रिया