नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्रस्थल चितवनको सौराहा यतिबेला अतिथि सत्कारको चटारोमा छ।
एमाले महाधिवेशनका कारण यतिबेला सौराहामा कम्तीमा पनि ३ हजार मानिसको एकै पटक जम्मा हुँदैछन्।
एमालेका महाधिवेशन प्रतिनिधि नै २३ सय १५ जना छन्। त्यसमध्ये करिब १२ सय त बिहीबारै सौराहा ओर्लिएका छन्।
शुक्रबार पनि यो क्रम जारी रहनेछ। कोरोनाले खुम्चिएको सौराहा एमालेका कारण खुसी छ। सौराहा सबै होटल र रिसोर्ट पहिलो पटक भरिएका छन्।
बिहीबार मध्यरातिसम्म पनि एमाले कार्यकर्ता र महाधिवेशन प्रतिनिधि आउने क्रम जारी छ।
स्थानीय थारु समुदायले आफ्नो संस्कृति देखाएर पाहुनाको स्वागत गरिरहेका छन्। कम्तीमा चार दिनका लागि सौराहा सुत्ने छैन।
522
Shares
प्रतिक्रिया