ad ad

फोटोफिचर


ग्यास सिलिण्डर बोकेर सडकमा सत्तारुढ विद्यार्थी (फोटो फिचर)


विक्रम राई
कात्तिक २८, २०७८ आइतबार १४:५२, काठमाडौँ

सरकारले ग्यास र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा सत्तारुढ दलकै विद्यार्थीहरु सडकमा उत्रिएका छन्। 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुसहितका ६ विद्यार्थी संगठनले आइतवार प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्। 

उक्त विरोध प्रदर्शनका क्रममा माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी र अखिल छैटौँ पनि सहभागी थिए।

समाजवादीनिकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहितका विद्यार्थीले आन्दोलन गरेका हुन्। 

पछिल्लो पटक आयल निगमले घाटा चुलिएको भन्दै साता बिराउँदै पेट्रोलियमको मूल्य बढाएपछि गठबन्धन सरकारको आलोचना भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .