ad ad

फोटोफिचर


कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेसकै धर्ना (फोटो फिचर)


विक्रम राई
भदौ ८, २०७८ मंगलबार १३:२०, काठमाडौँ

पटक पटक केन्द्रीय महाधिवेशन सार्दै आएको सत्तारुढ नेपाली कांग्रेसभित्रका विवाद एकपछि अर्को गर्दै छताछुल्ल भइरहेका छन्। 

क्रियाशील सदस्यता निरुपण गर्न गठित समितिले सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलालाई प्रतिवेदन बुझाएकै भोलिपल्ट केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट २३ जना जिल्ला सभापतिहरूले मंगलबार पहिलो दिन सानेपामा धर्ना दिएका छन्।

उनीहरुले आजै बेलुकासम्म क्रियाशील सदस्यता विवरण पार्टीको वेबसाइटमा सार्वजनिक नगरिए बुधबारदेखि सानेपामा रिले अनशन थाल्ने चेतावनी दिएका छन्। 

सानेपामा धर्ना सुरु भएपछि कांग्रेस नेताहरु कमला पन्त, गगनकुमार थापा, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ र डा. शेखर कोइरालासहित पुगेर समर्थन जनाएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .