सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर चियापन कार्यक्रम गर्यो।
बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा नेकपा नेता कार्यकर्तादेखि प्रमुख प्रतिपक्ष दल कांग्रेस, रापप्रा लगायतका दलका नेता तथा अन्य विशिष्टि व्यक्तिहरुको समेत उपस्थिति थियो।

कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय सदस्यहरु झलनाथ खानाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल सहभागी थिए। त्यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडले राप्रपाका अध्यक्ष कमल थापा लगायतको उपस्थिति थियो।

कार्यक्रमलाई अध्यक्षद्वयले सम्बोधन गरेका थिए। चियापानमा निम्तालुहरुका लागि समोसा, निम्किन, केरा र लड्डू दिइएको छ।















प्रतिक्रिया