संयुक्त विद्यार्थी संगठनले आज ‘संविधान प्रदर्शन’ गरेको छ। संयुक्त विद्यार्थी संगठनले आज माइतीघरमा संविधानको अतिक्रमण गरिएको भन्दै त्यसविरुद्ध ‘संविधान प्रदर्शन’ गरेको हो।
प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)को सहभागिता रहेको थियो। प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संयुक्त विद्यार्थी संगठनले लगाएका छन्।
सो क्रममा उनीहरुले ‘राष्ट्रपति प्रधानमन्त्री संविधान पढ’ भन्दै संविधानको कितावसमेत प्रदर्शन गरेका थिए। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ।
45
Shares
प्रतिक्रिया