ad ad

छापा खबर


सीको सुरक्षामा जनमुक्ति सेना पनि खटिने

सीको सुरक्षामा जनमुक्ति सेना पनि खटिने

नेपालखबर
असोज २४, २०७६ शुक्रबार २३:५५,

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा तयारी पूरा भएको छ।

नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रुपमा सुरक्षा व्यवस्थापन गर्नेछन्।

यो खबर आजको कान्तिपुर दैनिकमा मात्रिका दाहालले लेखेका छन्।

स्रोतले दिएको जानकारी अनुसार सीको भ्रमण अबधिभर रहनेगरी चीनबाट जनमुक्ति सेनाको कमाण्डो टोली काठमाडौँ आइसकेको छ।

तर, कति संख्यामा जनमुक्ति सेना आएका छन् भन्ने सुरक्षा अधिकारीले खुलाएका छैनन्।

गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति, सेनाका बलाधिकृत रथी शरदकुमार गिरी अध्यक्ष रहेको विशेष समिति, उपरथी तथा सेनाको उपत्यका पृतनापति निरञ्जनकुमार श्रेष्ठ नेतृत्वको सुरक्षा समन्वय सेल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा जिल्ला सुरक्षा समिति तथा आवश्यकताअनुसार गठन गरिएका अन्य संयन्त्रमार्फत् सुरक्षा व्यवस्था मिलाइएको जानकारी गृहमन्त्रालय स्रोतले दियो।

‘नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सनोले संयुक्त रुपमा सुरक्षा व्यवस्थापन गर्नेछन्,’ स्रोतले भन्यो, ‘क्लोज प्रोटेक्सनबाहेक चिनियाँ जनमुक्ति सेना साा सादा पोसाकमै खटिने गरी सुरक्षा रणनीति तय गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .