छापा खबर


नेपाल-भारत सीमास्तम्भ स्याटलाइट प्रणालीमा जोडिने

नेपाल-भारत सीमास्तम्भ स्याटलाइट प्रणालीमा जोडिने

नेपालखबर
असोज १७, २०७६ शुक्रबार २:४०,

नेपाल र भारतबीचको सीमामा रहेका स्तम्भ स्याटलाइट प्रणालीमा जोडिने भएको छ ।

सीमा विवाद न्यूनीकरण गर्न दुई देशले प्रविधि प्रयोग गर्न लागेका हुन् । गत महिना भारतमा सम्पन्न दुई देशका नापी, गृह तथा परराष्ट्रका अधिकारीको बैठकमा यससम्बन्धी सहमति भएको हो ।

जसअनुसार जिपिएस प्रणालीमा आधारित ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम औजिएनएसएसओ प्रविधिमार्फत सीमास्तम्भ व्यवस्थित गरिनेछ । यसले सीमा विवाद न्यूनीकरण गर्ने अधिकारीहरूले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सेप्टेम्बर ७ देखि ९ सम्म सर्भे अफिसर्स कमिटी (एसओसी) को ११औँ बैठक देहरादुनमा बसेको थियो । सोही बैठकले यससम्बन्धी काम अघि बढाउने निर्णय गरेको हो । जसअनुसार दसैँलगत्तै काम सुरु हुने नापी विभागकी उपमहानिर्देशक करुणा केसीले बताइन् । एसओसीको बैठकमा नेपाली टोलीको नेतृत्व केसीले नै गरेकी थिइन् ।

नेपाल र भारतबीचको खुला सिमानालाई व्यवस्थित र विवादरहित बनाउन दुवै देशले संयुक्त टोली बनाएर काम गरिरहेका छन् । त्यसैअन्तर्गत विश्वका धेरै देशले अवलम्बन गरिसकेको प्रविधि अपनाएर सीमास्तम्भलाई जिएनएसएसमार्फत नियमन गर्न लागिएको हो ।

हाल नेपाल र भारतको सीमा व्यवस्थापनका लागि तीन तहका टोलीले काम गरिरहेका छन् ।

यो प्रविधि प्रयोग गर्न ४० वटा कन्ट्रोल प्वाइन्ट निर्माणको काम यही वर्ष हुने भएको छ । बेस र सेकेन्डरी स्टेसन गरी ४० स्टेसन निर्माण गरिने नापी विभाग सीमा शाखाका प्रमुख दयानन्द जोशीले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad