नवरात्रिको सुरुवातको दिन घटनास्थापनादेखि उत्सवमय छ। हरेक दिन बेग्लाबेग्लै तरिकाले पर्व मनाइरहेको छ।
दसैंमा हरेक दिन दुर्गाको पूजा गरेर मनाएभन्दा फरक छ। खोकनामा हरेक वर्ष दसैंका बेला सिकाली मेला मनाइन्छ। यो खबर आजको कान्तिपुरमा दामोदर न्यौपानेले लेखेका छन्।
‘हामी जमरा राख्दैनौं। टीका लगाउँदैनौं,’ खोकनाको प्रसिद्ध सिकाली जात्रामा जुटेका स्थानीय बासिन्दा अस्टेन्द्र महर्जन भन्छन्, ‘काठमाडौंका अरू नेवार बस्तीभन्दा पृथक पर्व मनाउँछ खोकनाले। खासमा शाह वंश्को स्थापना हुनु पहिला काठमाडौंका नेवार समुदायले दसैंमा जमरा राख्ने गर्दैनथे। टीका लगाउने गर्दैनथे। अहिले भने अरू ठाउँकाले जमरा राख्छन्। टीका लगाउँछन्।’

प्रतिक्रिया