छापा खबर


यी हुन् यौन काण्डमा परेर बदनाम भएका विश्वका चर्चित नेता

 यी हुन् यौन काण्डमा परेर बदनाम भएका विश्वका चर्चित नेता

नेपालखबर
असोज १६, २०७६ बिहिबार २:५०,

लामो राजनीतिक यात्रा पार गर्दै प्रतिनिधिसभाको सभामुखको उच्च पदमा पुगेका कृष्णबहादुर महरा एकाएक यौन काण्डमा तानिए।

घटना सार्वजनिक भएलगत्तै हतारमा कमजोर विज्ञप्ति निकालेर निजी सचिवालयले घटना सामसुम बनाउने प्रयास गर्यो।

तर, गोलमटोल विज्ञप्तीको प्रभाव परेन। पीडितले बयान फेरिन्, तर प्रभाव परेन। अन्ततः महरा राजीनामा दिन बाध्य भए।

आजको शुक्रबार साप्ताहिकका अनुसार विभिन्न वैज्ञानिक तथ्यहरुले देखाएका छन्, अत्यधिक सफल व्यक्ति नैतिक मामिलामा कुनै न कुनै बेला पतित हुने सम्भावना हुन्छ।

संसारभर यौनका मामिलामा चिप्लने नेता कमै हुन्छन्। फरक यत्ति हो कसैका काण्ड सार्वजनिक हुन्छन् भने कसैका दबाइन्छन्।

इटालीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई कम उमेरका बालिकाहरुसँग यौन सम्बन्ध राखेको आरोप लाग्यो। उनलाई प्रहरीले रातारात पक्राउको प्रयास गर्दा भागेर फ्रान्स पुगेका थिए।

उनको देहान्त पनि विदेशमै भयो। ७५ वर्षको उमेरमा उनलाई यौन दुराचारको आरोपमा मुद्दा चलाइएको थियो।

युगाण्डाका राष्ट्रपति इदी अमिन पनि यौनको कुलतमा थिए। उनका कयौँ रखौटी थिए। उनका ५० भन्दा धेरै रखौटी थिए।

लिबियाका राष्ट्रपति मुअम्बर गद्दाफी कुमारी बडिगार्डका शोखिन थिए। गद्दाफी कुनै निजी यात्राका बेला छानीछानी अक्षत युवतीलाई लिएर हिँड्थे। पछि उनको यौन काण्ड फ्रान्सेली अखबारले खुलासा गरेको थियो।

सन् २०२१ मा भएको आन्दोलनले उनलाई सत्ताबाट च्युट मात्र गरेर हत्या समेत गर्यो।

इराकी राष्ट्रपति सद्दाम हुसेनका छोरा उदय हुसेन रात्रिकालन सेक्स पार्टीका लागि कुख्यात थिए। उनको नाममा बलात्कार र हत्याको लामो सूची छ।

उनले प्रान्तीय गभर्नरकी १४ वर्षीया छोरीलाई बलात्कार गरेका थिए।

अमेरिकी राष्ट्रपतिहरु पनि यौन काण्डमा मुछिएका छन्।

राष्ट्रपतिहरु थोमस जेफर्सन, बिल क्लिनटन, जोन एफ केनेडी, अर्थमन्त्री अलेक्जेन्डर ह्यामिल्टन, राष्ट्रपतिका उम्मेदवार ग्रोभर क्लियल्याड पनि यौनका मामिलामा कुख्यात थिए।

झन् अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त चार विवाह गरिसकेका छन्। उनलाई १३ महिलाले यौन दुराचारको आरोप लगाएका छन्।

त्यसैगरी इजरायलका राष्ट्रपति मोसे कात्सभ, चेक गणतन्त्रका प्रधानमन्त्री भेक्लाभ क्लाउस लगायतका विश्वका चर्चित नेता पनि यौन काण्डमा मुछिएका थिए।

यौन काण्डमा मुछिएपछि कतिले आफ्नो इज्जत, प्रतिष्ठा र पद गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad