छापा खबर


सीसँग यस्ता एजेण्डमा हुँदैछ वार्ता

सीसँग यस्ता एजेण्डमा हुँदैछ वार्ता

नेपालखबर
असोज १६, २०७६ बिहिबार १:२५,

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ।

यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त रहेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ।

किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै रेलमार्ग निर्माण पनि एजेन्डामा समावेश छ। यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णाली जलविद्युत् आयोजनामा पनि छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा उनका पति महासचिव मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ।

चिनियाँ दूतावासका अधिकारी पनि सहयोग परियोजनाबारे छलफलमा व्यस्त छन्। परियोजना सूचीलाई आवश्यक परामर्श गरेर अन्तिम रूप दिन विदेशमन्त्री वाङ यीको भ्रमणमै छलफल भएको थियो।

बीआरआई परियोजनाअन्तर्गत राष्ट्रपति सीले ठूलो सहायता घोषणा गर्ने संकेत मिलेको परराष्ट्र अधिकारीले बताए। केरुङ–काठमाडौं रेल निर्माणको सम्झौतामा चीनले सहयोग घोषणा गर्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad