ad ad

छापा खबर


फेरि युनिटीजस्तै ठगीधन्दा, भारतीय नेटवर्किङबाट यसरी ठगिँदैछन् हजारौँ नेपाली

फेरि युनिटीजस्तै ठगीधन्दा, भारतीय नेटवर्किङबाट यसरी ठगिँदैछन् हजारौँ नेपाली

नेपालखबर
असोज १४, २०७६ मंगलबार ०:२१,

युनिटी इन्टरनेसनलले अवैद्य नेटवर्किङ व्यवसाय चलाएर लाखौँ नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौँ नेपालीलाई ठगेको फेला परेको छ।

भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको खबर आजको नागरिक दैनिकमा निर्मल घिमिरेले लेखेका छन्।

युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो।

यसको सदस्य बन्न नेपाली ९६ हजार शुल्क तिर्नुपर्छ। एकजना सदस्य बनेपछि उसले अरु दुईजनालाई सदस्य बनाउनुपर्ने नियम छ।

९६ हजार बुझाउने जोकोही भारतको लखिनपुरमा हुने प्रशिक्षण कार्यक्रममा सहभागी बन्छन्।

बन्द कोठामा चारदिनसम्म हुने प्रशिक्षणमा कम्पनीका बारेमा पढाउने गरिन्छ। चार दिनको तालिमपछि सहभागी ‘डाक्टर’ बन्छ र औषधि लिएर नेपाल फर्किन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .