ad ad

छापा खबर


सरकारले सार्वजनिक गर्‍याे मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण, तीन मन्त्रीको विवरण गोप्य

 सरकारले सार्वजनिक गर्‍याे मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण, तीन मन्त्रीको विवरण गोप्य

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ०:४८,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४–७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण भन्ने शीर्षक छ।

जसमा आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण भनेर उल्लेख गरिएको छ । तर, त्यहाँ गत वर्षकै विवरण छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले यसबारे आफूलाई केही थाहा नभएको बताए । सूचना प्रविधि शाखासँग समन्वय गरेर मात्रै प्रतिक्रिया दिन सक्ने उनले बताए । ‘आव ०७५/७६ को सम्पत्ति विवरण प्राप्त भइसकेको छ, सार्वजनिक गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ, गलत शीर्षक परेको मलाई थाहा छैन ।’

सरकारका प्रवक्ता भन्छन्- मन्त्रीको सम्पत्ति किन सार्वजनिक गर्नुपर्‍यो?
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने कुरा समयक्रममा हुन्छ ।

मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेर हुने पनि के हो? त्यो कसैले पाउने होइन, तर पनि हामीलेहरूले बुझाउने ठाउँमा बुझाइसकेका छौँ, सबैलाई देखाउँदै हिँड्नुपर्ने विषय यो होइन ।

तीन मन्त्रीको विवरण अहिलेसम्म गोप्य
सरकारमा सहभागी समाजवादी पार्टी नेपालका मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी मन्त्रीहरू उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्रकुमार चौधरीको सूचीमा सम्पत्ति विवरण प्राप्त भएको लेखिएको छ । तर, सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .