ad ad

छापा खबर


मध्यराति रत्नपार्कमा ग्राहक पर्खिरहेका किशोरीसहित ४५ बालबालिकाकाे उद्धार

मध्यराति रत्नपार्कमा ग्राहक पर्खिरहेका किशोरीसहित ४५ बालबालिकाकाे उद्धार

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ०:२६,

काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ४५ बालबालिको उद्धार गरिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बिहीबार राति ४५ बालबालिकाको उद्धार गरेको खबर आजको समाचारपत्र दैनिकले छापको छ।

सडक, गल्ली, फोहोर र खोलाको किनारमा बस्ने सडक बालबालिका जोखिममा हुने भएकाले उद्धार गरिएको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए।

टोलीले रत्नपार्क, न्युरोड, वसन्तपुर, जैसीदेवल, ठमेल, दरबारमार्ग, पुल्चोकलगायतका स्थानबाट ३० बालक र १५ बालिकाको उद्धार गरेको हो।

उद्धार गरिएकामा तीन देखि १८ वर्ष उमेर समूहका छन्।

‘हामीले रत्नपार्कमा ग्राहक पर्खिरहकेका यौन पेसामा लागेका बालिकाहरु थप जोखिममा पर्ने भएकाले उद्धार गरेका हौँ,’ प्रहरी निरीक्षक दाहालले भने।

व्यवसायिक यौन पेसामा लागेका, लागूऔषध दुव्र्यसनीमा फसेका, लागूऔषध ओसार पसारमा प्रयोग गरिएका, सडकमा अलपत्र परेका बालबालिकाको उद्धार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .