छापा खबर


यी हुन् नेता नेपालका ओलीसँग ३ र प्रचण्डसँग २ गुनासा

यी हुन् नेता नेपालका ओलीसँग ३ र प्रचण्डसँग २ गुनासा

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १:२७,

पार्टी एकीकरणको लामो समयसम्म एकता प्रक्रियासँग जोडिएका बाँकी काम समयभित्रै सकिएनन्। ढिलाइ हुनुमा अध्यक्ष ओली जिम्मेवार छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको पहिलो गुनासो हो माथिको।

आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेको खबर अनुसार ओलीप्रति नेता नेपालको अन्य दुई गुनासा यस्ता छन् : 

२. एकताका विधि, प्रक्रिया र मापदण्ड अपनाइएन। आफ्ना मान्छेलाई जिम्मेवारी दिन विधि र मापदण्ड नै लत्याएर एउटै व्यक्तिलाई दुई तीनतिर जिम्मेवारी दिए।

३. पार्टीभित्रै अपासमा नेताहरू लडाएर व्यक्तिगत स्वार्थपूर्ति गरे। वामदेवलाई प्रधानमन्त्री या पार्टी अध्यक्ष्यमध्ये एक पदको आश्वासन दिएर अध्यक्ष बने। पार्टी एकताका बेला वरीयता हेरफेर गरेर खनाललाई बाइपास गरे। अहिले त्यही वरीयतालार्य मुद्दा बनाएर ममाथि प्रहार गरे।

यसैगरी नेता नेपालले प्रचण्डप्रति गरेका दुई गुनासा यस्ता छन् :

१. पार्टी एकता प्रक्रिया छिटो टुंग्याउन नेतृत्वदायी भूमिका खेल्न सकेनन्, ओलीलाई दबाब दिन पनि सकेनन् ।

२. एकता प्रक्रियामा आफ्ना मान्छेलाई जिम्मेवारी दिन विधि र मापदण्ड लत्याउन ओलीसँगै मिले । पार्टीभित्रको अन्तरविरोधमा कहिल्यै प्रस्ट धार देखाएनन्, ओली र आफ्नोबीचमा बसेर प्रचण्डले निरन्तर खेलिरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad