ad ad

छापा खबर


माधव नेपाललाई ओलीको टर्रो जबाफको डर, भेट्नै गएका छैनन् बालुवाटार !

माधव नेपाललाई ओलीको टर्रो जबाफको डर, भेट्नै गएका छैनन् बालुवाटार !

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ०:४३,

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ।

स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन।

शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने चारपटक भेटवार्ता गरिसकेका छन्।

सचिवालयका अरु नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन्।

‘उहाँ (केपी ओली)ले नै स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भन्दै फिर्ता गरिसकेपछि फेरि जबर्जस्ती घरमै पुगेर अहिले कस्तो छ भन्नु त्यति राम्रो हुने कुरै भएन,’ नेता नेपाललाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘फेरि पुरानै कुरा दोहोर्याएर मैलै उतिबेलै शुभकामना चाहिँदैन भनेको थिएँ, किन आउनुपर्यो, चासो राख्नुपर्यो भन्ने अमिलो जबाफ आयो भने के गर्ने? त्यसैले उहाँहरुबीच संवाद हुन नसकेको हो।’

१९ दिनदेखि संवाद टुटेपछि वरिष्ठ नेता नेपाल पनि पार्टीको सचिवालय बैठकमै आफ्ना कुरा राख्ने सोचमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .