ad ad

छापा खबर


मेलम्चीको पानी वितरण गर्ने तयारी, एक जनाको भागमा १२७ लिटर

मेलम्चीको पानी वितरण गर्ने तयारी, एक जनाको भागमा १२७ लिटर

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ०:५३,

खानेपानी मन्त्रालयले राजधानवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ।

सरसफाइ, पिउनलगायत दैनिक पानी प्रयोगका लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो।

‘पानीको मात्रा त्यसै किसिमले वितरण गरिन्छ, वितरण प्रणालीलाई त्यही किसिमले जडान गरिएको छ,’ आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पाइप बिछ्याउने, पानी पोखरी (ठूला पानी ट्यांककी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं ।’

मेलम्ची, याङग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै उनले ४० लाख जनताले सामानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने बताए।

थोक वितरण प्रणाली (मुख्य) को ७६ मध्ये ७५ किमि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको उनले बताए । त्यसमध्ये ४० किमि पाइपको टेस्टसमेत भइसकेको छ । साथै, १० वटा पानी पोखरीमध्ये ७ वटाको पानी हालेर परीक्षण भइरहेको छ।

हाल सुन्दरीजलबाट बाग्मतीको पानी नयाँ पाइपबाट दैनिक ३ करोड लिटर दरले ल्याउने काम भइरहेको उनले बताए । ‘महाकाल पोखरीमा ल्याएर त्यहाँ पाइपमा पठाएर अन्य पोखरीमा पठाएर परीक्षण गरिराखेका छौं,’ उनले भने, ‘त्यसपछि बस्तीमा पठाएका पाइपको पनि परीक्षण गर्छौं ।’ अहिले मुख्य पाइपको मात्र परीक्षण भइरहेको उनले बताए ।

हालसम्म पाइपमा कतै ठूलो चुहावट नदेखिएको उनले बताए । पानी पोखरीमा खास समस्या नदेखिएको भन्दै उनले गत वर्ष परीक्षण गर्दा पाइपमा चुहावटभएको बताए । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण भइरहेको छ ।

हालसम्म पाइपमा कतै ठूलो चुहावट नदेखिएको उनले बताए । पानी पोखरीमा खास समस्या नदेखिएको भन्दै उनले गत वर्ष परीक्षण गर्दा पाइपमा चुहावटभएको बताए । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण भइरहेको छ ।

अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ ।  

ती पानी पोखरीबाट मुख्य पाइप र त्यसपछि सहायक पाइपमा पानी पठाइने उनले बताए । सहायक पाइप लाइनबाट सामानुपातिक प्रणालीबाट प्रत्येक व्यक्तिको घरमा पानी वितरण गरिने उनले बताए । ‘कुनै घरमा थोरै, कसैमा धेरै पानी वितरण हुँदैन,’ उनले भने, ‘आधुनिक मेसिनद्वारा पानी वितरण गरिन्छ ।’ त्यसैगरी १ लाख १२ हजार धारामध्ये ७३ हजार धारा जडान भइसकेका छन्।

बाँकी रहेका धारा पनि जडान कार्य तीव्र रूपमा अघि बढिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .