छापा खबर


टीका र जमरा लगाएर एक महिनाअघि नै मनाइयाे दसैं !

टीका र जमरा लगाएर एक महिनाअघि नै मनाइयाे दसैं !

नेपालखबर
भदौ २३, २०७६ सोमबार ०:३८,

यस वर्ष असोज २१ मा दसैं आपरेको छ। गोरखाका केही समुदायले भने भदौ १४ मै जमरा राखेर आइतबार टीका र जमरा लगाइ दसैं मनाएका छन्।

बिहान १० बजेको शुभ साइतमा सामूहिक रुपमा टीका लगाइएको सिरानचोक गाउँपालिका-४ छोप्राकको नेवा गुठी समाजका कुमार श्रेष्ठले जानकारी दिए।

पर्व सुधारअनुसार आइतबार दशमी परेको उनको बुझाइ छ। यो खबर गोरखाबाट हरिराम उप्रेतीले आजको कान्तिपुरमा लेखेका छन्। गुडी समाजमा आबद्ध ४८ घरले दसैं मनाएका हुन्।

‘अस्ति अष्टमी राँगो काट्यौं, हिजो नवमी पूजा गर्‍यौँ, आज दसैं मनाएका हौँ,’ उनले भने। २०६९ सालयता एक महिनाअघि दसैं मनाउन थालेको उनले बताए।

‘खगोल विज्ञानलाई आधार मान्दा २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड अपुग हुन्छ, दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ, २०७६ सम्म आइपुग्दा २४ दिन अघि सरिसक्यो,’ उनले भने, ‘गणितीय र तिथिका हिसाबले दसैं आजै पर्छ ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad