छापा खबर


गाईगोरु डाँडो कटाउन खोज्दा....

गाईगोरु डाँडो कटाउन खोज्दा....

नेपालखबर
भदौ १५, २०७६ आइतबार ०:३६,

नेपालगञ्ज उपमहानगरपालिकाले करिब एक महिनाअघि सर्वपक्षीय बैठक गरी संरक्षण गर्ने उद्देश्यले कुनै व्यक्ति वा संस्थाले माग गरे कान्जी हाउसमा रहेका गाईगोरु निःशुल्क दिने निर्णय गरेको थियो।

तर, उपमहानगरपालिकाले नै बिहीबार निर्णयको मर्मविपरित गाईगोरुलाई डाँडो कटाउन खोज्दा समस्या देखिएको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा सुर्खेतबाट कजेन्द्र सेजुवालले लेखेका छन्।

बाँके जिल्ला प्रशासन कार्यालयको सहयोगमा उपमहानगरपालिकाले बिहीबार राति दुई सय ७० गाईगोरु दैलेखेको श्रीस्थानका लागि पठाएको थियो।

यद्यपी यति ठूलो परिणाममा गाईगोरु कसले मागेका थिए भन्ने रहस्यमै छ।

उपमहानगरपालिकाले आफ्नै व्यवस्थापनमा आठवटा ट्रकमा गाईगोरु पठाएको थियो।

नगरप्रहरी इन्चार्ज टोली सुर्खेतसम्मै छोड्न आएको थियो। पठाएकामध्ये २४ गाईगोरु मरेपछि उपमहानगरपालिकालाई कानुनी रुपमा गलपासो भएका छन्।

गाई–गोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानबिन थालेको छ। मन्त्रालयबाट उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ।

समितिलाई १५ दिनभित्र घटनाबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ।

नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीनाथ लैजान भन्दै पठाइएका १८ गाई र ६ गोरु सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा मृत भेटिएका थिए।

१४४ गाई, गोरु र बाच्छा–बाच्छी त्यही छाडिएका थिए।गाई गोरु छाड्ने ५ ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad